त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

असार २४ धनगढी
नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका-१, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए ।

ुत्रिशूली नदीमा फेसका दुवै जनाको भर्खरै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ,ु सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले भने ।

उद्धार गरिएकाहरू ६७ वर्षीय पुरुष र ६२ वर्षीया महिला रहेका छन् । घाँसदाउरा गर्न गएका उनीहरू त्रिशूली नदीमा बाढी आएपछि फसेका थिए । नदीमा बाढी आएपछि उनीहरू सोमबारदेखि नै रुखमा चढेर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply