असार २५ धनगढी
बागलुङको जैमिनी नगरपालिका– ९ पैयुँथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बुधबार बिहान आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयले बताएका छन् ।
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि पैयुँथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । पैयुँथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1