त्रिवि क्रिकेट मैदानमा जडान गर्न ल्याइयो फ्लडलाइट टावर

असार २५ धनगढी
त्रिवि क्रिकेट मैदानमा जडान गर्न फ्लडलाइट टावर ल्याइएको छ।

फ्लडलाइट टावर बुधबार बिहान काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ल्याइएको हो।

भारतको उत्तरप्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।

त्रिवि क्रिकेट मैदान केही समयदेखि स्तरउन्नति गरिँदैछ।

४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply