अपेक्षाभन्दा धेरैले बढ्यो चीनको अर्थतन्त्र

असार ३१
बेइजिङ । चीनको अर्थतन्त्र अपेक्षाकृत धेरैले बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) र घर जग्गा बजारमा लामो समयदेखि व्याप्त संकटका बीचमा समेत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बढेको हो ।

सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा सकिएको तीन महीनामा त्यहाँको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको छ । वृद्धिको यो दर अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा धेरै हो । यद्यपि, अघिल्लो त्रैमासको तुलनामा चाँहि जुन त्रैमासको यो वृद्धिदर कम हो ।

अर्थतन्त्रलाई टेवा दिन सरकारले घोषणा गरेको प्याकेज र ट्यारिफ युद्धमा अमेरिकासँगको युद्धविरामको आंशिक प्रभावका कारण अहिलेसम्म चीनले आर्थिक वृद्धिदरमा तीव्र कमी छल्न सकिरहेको छ । चुनौतीहरू हुँदाहुँदै पनि अर्थतन्त्रले दबाब थेग्न र स्थिर सुधार हासिल गर्न सकेको चीनको राष्ट्रिय तथ्यांक विभागले एक विज्ञप्तिमा भनेको छ । समीक्षा अवधिमा कारखाना क्षेत्रमा भएको तीव्र वृद्धिका कारण पनि आर्थिक वृद्धिदरले भरथेग पाएको अधिकारीहरू भन्छन् ।

जुन त्रैमासमा सेवा क्षेत्रमा पनि वृद्धि देखिएको थियो । तर जुनमा भने खुद्रा विक्री सुस्ताएको छ । मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले जुनमा नयाँ घरको मूल्य आठ महिनाकै तीव्र गतिमा घटेको देखाएको छ । घरजग्गाको मूल्यलाई टेवा दिने एक पछि अर्को चरणमा कार्यक्रमहरू ल्याइएको भएपनि त्यहाँको घरजग्गा उद्योग धर्मराइरहेको यसले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply