असार ३२ धनगढी
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको थियो।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९० पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३५७ रुपैयाँ ३९ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।