दिल्लीका २० स्कुल बमले उडाइदिने धम्की

साउन २ धनगढी
दिल्लीका स्कुल र कलेजहरूलाई हरेक दिन बमको धम्की आइरहेका छन् । दिल्लीका २० भन्दा बढी स्कुललाई इमेल मार्फत बमको धम्की आएको अधिकारीहरूले भनेका छन् ।

प्रहरीका अनुसार, दिल्लीको पश्चिम विहारमा रहेको रिचमन्ड ग्लोबल स्कुललाई बमले उडाइदिने धम्की दिइएको छ । धम्की प्राप्त हुने बित्तिकै दमकल विभाग र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । टोलीले अनुसन्धान गरिरहेको छ ।

यसमाथि अनुसन्धान भइरहेको दिल्ली अग्नि सेवा विभागले बताएको छ । पछिल्ला तीन दिनमा दिल्लीका दश विद्यालय र एउटा कलेजलाई इमेल मार्फत बमको धम्की आएको थियो, त्यसपछि प्रहरीले कारबाही गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द गरेको छ ।

दिल्लीको पश्चिम विहार क्षेत्रमा अवस्थित रिचमन्ड ग्लोबल स्कुललाई बिहान ४ः५५ बजे इमेल मार्फत धम्की आएको थियो । यो कुरा थाहा बित्तिकै स्थानीय प्रहरी, बम स्क्वाड, कुकुर स्क्वाड र दमकल कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।

स्कूलको हरेक कुनामा बमको खोजी भइरहेको छ। अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन । रोहिणी सेक्टर ३ मा रहेको अभिनव पब्लिक स्कुलमा पनि बमको धम्की आएको खबर आएको थियो । साभार रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply