टी-२० विश्वकप छनोट : भारतमा हुने दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडी

साउन २ गते धनगढी
नेपाल क्रिकेट संघले आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।

पहिलो चरणको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिएका छन्।

नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडीहरुको नामावलीः-
१. रोहित कुमार पौडेल
२. कुशल भुर्तेल
३. आशिफ शेख
४. लोकेश बम
५. अनिल कुमार साह
६. भीम सार्की
७. आरिफ शेख
८. दिपेन्द्रसिंह ऐरी
९. कुशल मल्ल
१०. रुपेशकुमार सिंह
११. विवेककुमार यादव
१२. रिजन ढकाल
१३. प्रतिश जिसी
१४. नन्दन यादव
१५. युवराज खत्री
१६. साहब आलम
१७. सन्दिप जोरा
१८. सागर ढकाल
१९. आकाश चन्द
२०. शुभ कंसाकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply