साउन ५ धनगढी
गएराति कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा आगलागी हुँदा ८ वटा सटरमा जलेर नष्ट भएका छन ।
अचानक विद्युत तार सर्ट भइ आगलागी हुँदा उक्त सटर जलेर नष्ट भएका हुन ।
विश्वप्रकाश कँडेलले सञ्चालन गरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको ४ वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको ३ वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आगलागीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दमकल, सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली र सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एक वटा दमकल प्रयोग गरिएको जनाइएको छ ।