५ करोडको चिउरा, १० लाखकाे भुजा आयात

साउन ६ धनगढी
नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ । भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।

भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ । यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ ।

भारतबाट १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply