आठ दिनदेखि लगातार बढ्यो नेप्से, तीन हजार विन्दु ताक्दै

साउन ७ धनगढी
लगातार बढिरहेको नेप्से परिसूचकले आठौं कारोबार दिनमा पनि यसलाई निरन्तरता दिएको छ।

आठ दिन लगातार बढ्दा नेप्से परिसूचकले २५३.०४ अंक जोडेको छ। बुधवार मात्रै नेप्से परिसूचक ५.१७ ले बढेर २९७८ मा आएपछि बजार बन्द भयो।

बजारमा आकर्षण बढेसँगै उच्च रकमको कारोबार भइरहेको छ। यस दिन १९ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो। यसअघि मंगलबार २० अर्ब आठ करोड रूपैयाँको कारोबार भएको थियो।

नेप्से परिसूचक तीन हजार विन्दुको प्रतिरोध परिक्षणमा रहेको छ। तीन हजारको विन्दु नेप्सेको यसअघिको नजिकको उच्च विन्दु हो। यही कारण बुधबार कारोबार अवधिमा उतारचढाव देखियो। र, कारोबार रकम पनि केही घटेको हो।

बजार बन्द हुँदा नेप्सेले वृद्धि कै दिशा समातेपछि लगानीकर्ताहरू आश्वस्त देखिएका छन्। कारोबार रकम उच्च तहमै रहेकोले पनि यस्तो संकेत गरिरहेको छ।

बुधबार कारोबारमा आएकामध्ये सात समूहगत परिसूचक बढेका छन्। वित्त कम्पनी, जलविद्युत्, ‘अन्य’ र लगानी समूहका परिसूचकमा सबैभन्दा धेरैले वृद्धि भएको छ। यी समूहगत परिसूचक एक देखि करिब चार प्रतिशतभन्दा धेरैले बढेका छन्।

कारोबारमा आएका तीन सय १९ सेयर, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइ मध्ये एक सय २५ को मूल्य बढेर कारोबार भएको छ। एक सय ८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ।

मुनाफा सुरक्षित समेत गरिरहेकाले मूल्य घट्ने कम्पनीको संख्या बढेको छ।

ट्रेड टावर, सान्भि जलविद्युतको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेर सर्किट ब्रेक लागेका छन्। ग्रिन भेञ्चरको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

भुगोल इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ५.३२ प्रतिशतले घटेको छ।

शिवम सिमेन्ट्स र हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको सेयर कारोबार भयो। यी कम्पनीहरूको क्रमशः ७५ करोड र ७८ करोेड रूपैयाँको सेयर किनबेच भयो।

बुधबार बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति ४९ खर्ब ७० अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply