कागती खेतीमा जम्दै गिरी

साउन ८ धनगढी
धनगढी उपमहानगरपालिका-८ बस्ने रामचन्द्र गिरी कागती खेतीमा जमेका छन् । आजभोलि गिरीको दिनचर्या कागतीका बोट स्याहार्न, हुर्काउनमै जाने गर्दछ ।

‘परिश्रमको फल मीठो हुन्छ जति मेहनत गर्यो त्यतीनै फल दिन्छ’ उनले भने ‘मेरो दिनचर्या यसैमा बितेको छ । ७ बर्ष जति भयो,म यसै खेतीमा रमेको छु ।’

उनले भने ‘बर्षभरी नै उत्पादन भइराख्ने कागती खेतीबाट खर्च कटाएर वार्षिक ४ लाख ८० हजार बचत गर्दछु ।’ धनगढी-९ मा रहेको आफ्नै १५ कठ्ठा जमिनमा कागतीखेती गर्दै आएको उनले बताए । बर्षभरीमा ३० क्विन्टल कागती फलाउने गरेको उनले बताए । आफ्नै बारीमा उत्पादन कागतीबाट अचार बनाएर बेच्ने गरेको उनले बताए ।

‘शान्तिबाटीका फलफूल प्रशोधन उद्योगको नामबाट फर्म संचालन गरेको छु’ उनले भने ‘उत्पादित अचार सोही फर्मबाट बिक्री वितरण गर्ने गरेको छु । मासिक १ लाखको कारोबार हुन्छ । खर्च कटाएर ४० हजार बचत हुने गरेको छ ।’

पहिला राम्रो कमाई हुने गरेको बताउँदै कोरोनापछि सबै मन्दीको अवस्थामा रहेको उनले बताए । विशेष गरी धनगढी,अत्तरिया महेन्द्रनगर,धनगढीको हाट बजारमा अचार खपत हुने गरेको उनले बताए ।

उनले भने ‘अन्य व्यवसाय केही छैन,यहीबाट ५ जनाको परिवारको खर्च चल्छ । दुई छोरा र छोरी छन् । छोरी ११ कक्षामा पढ्दै छन, छोरा ६ कक्षामा पढ्छन । सबै खर्च यसैबाट धानेको छु ।’

उनले भने ‘२ जना कर्मचारी छन् । एक जनाको २५ हजार र एकजना १२ हजार तलब छ ।’ उनले विदेशमा जानु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर यो खती गरेको बताए । मेहनत गर्न सक्यो भने आफ्नै देशमा राम्रो कमाई गर्न सकिने उनको तर्क छ ।

‘राम्रो भइरहेको छ,जीवनस्तर पहिलाको भन्दा राम्रो भइरहेको छ । अझ केही फरक उदेश्य छ ।’ उनले भने ‘मिश्रित फलफूल खेती गरेर एग्रो टुरिजमको विकास गर्ने,नर्सरीको विकास गरेर जाने र लिची,आँप,कागती, फूल उत्पादन गरी यहीबाट बिक्री गर्ने योजना छ ।’

नासपति खेतीको पनि सुरुवात गरेको उनले बताए । लिची हुर्की सकेको र सिजनमा मासिक २ लाखको कारोबार गर्ने गरेको उनले बताए । लिचीको डाँठबाट कलमे निर्माण गरी एक पिसको रु २५० का दरले बेच्ने गरेको उनले बताए ।

मानिसहरु नेपालमा उत्पादन गरेको फलफूलभन्दा पनि भारतबाट आउने फलफूलाई बढी रुचाउने गरेका कारण यहाँको व्यापार त्यति फष्टाउन नसकेको उनले बताए । ‘हामीले यहाँ कागती फलाउँछौँ । बाहिरका व्यापारी यो कागती होइन अमिला हो भनेर हल्ला फिजाउँछन्’ उनले दु:खेसो गर्दै भने ‘यहाँ उत्पादन हुने कागतीको अलि ठूलो दाना हुन्छ । एकदमै राम्रो ताजा पनि भएकोलाई अमिलोको संज्ञा दिएर भारतीय बजारको कागती बढी खपतले हामी जस्ता कृषकले घाटा व्यहोर्नु परेको छ ।’

हल्लाको पछि नलागेर ताजा आर्गानिक उत्पादनलाइ रोज्न ग्राहकलाई उनले आग्रह गरे । मिक्स अचार पनि उत्पादन भइरहेको उनले बताए । उनले आँपको अचार पनि उत्पादन गर्ने गरेको बताए ।

अनुदान अहिले सम्म नलिएको बताउँदै उनले अनुदानको पायक पर्ने शीर्षक भए अनुदान लिने बताए । खुला सीमा नाकाका कारण भारतबाट आयात हुने फलफूलका कारण यहाँका कृषक फष्टाउन नसकेको उनले बताए । नेपाल सरकारले बाहिरबाट आएको भन्दा पनि नेपालमै उत्पादन भएको फलफूललाई प्रोत्साहन हुनेगरी मापदण्ड बनाउनु पर्ने उनले बताए । निशाना न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply