साउन १३ धनगढी
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा रहेको थियो । यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ ।
चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ९५ रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1