रसुवागढी नाका दशैँअघि नै सञ्चालन हुने

साउन १४ धनगढी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दशैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलिब्रिज जडान शुरु भएको बताएका छन् ।

त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ-रसुवागढी सडक योजना’को अवलोकनपछि मंगलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन्।

‘गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका वेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ’, मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’ गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply