साउन १४ धनगढी
चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगर बस्ने ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बस्ने ४५ वर्षीय रामकृष्ण धामीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1