साउन १४ धनगढी
अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १०७२ विद्यालयहरूमा ३२६४० वटा फुटबल वितरण गर्ने भएको छ । बिहीबार (१५ साउन) का दिन काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल वितरण कार्यको शुभारम्भ गर्नेछन् ।
‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गतको सो कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरिसकोका जनाइएको छ । राष्ट्रकै शैक्षिक र खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमको महत्वलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले निमन्त्रणा स्वीकार गरेको सम्बद्ध पक्षको भनाइ छ ।
नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ । देशभरका ७७ वटै जिल्लाका १०७२ विद्यालयहरूमा ३२६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने एन्फाले जनाएको छ ।