३ हजारको विन्दुमा टिक्न सकेन नेप्से, कुल कारोबारमा हिमालयन रिको सर्वाधिक हिस्सा

साउन १४ धनगढी
बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।

नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ८ करोड रूपैयाँ कमी आएको हो।

आज ३२७ वटा धितोपत्रको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।

बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ।

यसदिन सान्भी इनर्जी र ट्रेड टावरको मूल्य सर्किट लेभलमा बढेको छ।

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ८४५ रूपैयाँ ९० पैसा र ९४८ रूपैयाँ ९० पैसा कायम भएको छ।

ग्रीन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २४७ रूपैयाँ ६२ पैसामा झरेको छ।

यसैगरी, कालिका पावरको मूल्य ६.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६३० रूपैयाँ ४६ पैसा कायम भएको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता एक हजार ८३ रूपैयाँ १० पैसामा १ अर्ब ३२ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४८३ रूपैयाँमा ७३ करोड २९ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.८५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply