साउन १५ धनगढी
सेयर बजार परिसूचक (नेप्से) मा ३१.५० अंकले गिरावट आएको छ।
बुधबार ४८ अंकले घटेको नेप्से बिहीबार पुनः उच्च अंकले घटेको हो।
दुई दिनको अवधिमा मात्रै नेप्स परिसूचक ७९ अंकले घटेको हो। यो सँगै बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ९२२ अंकमा आएर रोकिएको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ६.७, फ्लोट इन्डेक्स २.०७ अंकले घटेको छ।
बिहीबार फाइनान्स बाहेकका अन्य १२ वटा उपसूचकमा नै गिरावट आएको छ।
सबैभन्दा धेरै व्यापार क्षेत्रका कम्पनीहरूमा औसत २.४४ प्रतिशतले गिरावट आएको छ। फाइनान्स क्षेत्रका कम्पनीहरू भने १.१८ प्रतिशले बढेका छन्।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ कमी आएको हो।
आज ३१८ वटा धितोपत्रको तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ।
यसदिन ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्किट लेभलमा बढेको छ।
भूगोल इनर्जीको मूल्य सर्वाधिक ७.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७९३ रूपैयाँ ३० पैसामा झरेको छ।
यसैगरी, माइ खोला हाइड्रोपावरको मूल्य ५.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८९१ रूपैयाँ २५ पैसा कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा १ अर्ब ३३ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.२३ प्रतिशत बढेको हो।