साफ यू-१७ च्याम्पियनसिप २०२५ को पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकसँग खेल्ने

साउन १५ धनगढी
आगामी सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप २०२५ को तालिका सार्वजनिक भएको छ।

रेसकोर्स इन्टरनेशनल स्टेडियममा आयोजना हुने यस प्रतियोगितामा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ।

नेपालले समूह चरणमा दुई खेल खेल्नेछ। प्रतियोगिताको उद्घाटन खेलमा नै नेपालले आयोजक राष्ट्र श्रीलंकासँग भिड्नेछ।

नेपालको समूह चरणका खेलहरू:
• सेप्टेम्बर १५, २०२५ : नेपालविरुद्ध श्रीलंका
◦ समय: बेलुकी ७:०० बजे (स्थानीय समय)
• सेप्टेम्बर १८, २०२५: बंलादेशविरुद्ध नेपाल
◦ समय: बेलुकी ७:०० बजे (स्थानीय समय)

प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्।

सेमिफाइनल : सेप्टेम्बर २५

◦ पहिलो सेमिफाइनल: समूह ‘ए’ को विजेता विरुद्ध समूह ‘बी’ को उपविजेता (दिउँसो ३:०० बजे) [१]
◦ दोस्रो सेमिफाइनल: समूह ‘बी’ को विजेता विरुद्ध समूह ‘ए’ को उपविजेता (बेलुकी ७:३० बजे) [१]

• फाइनल: सेप्टेम्बर २७
◦ समय: बेलुकी ६:०० बजे (स्थानीय समय)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply