लाइसेन्सको म्याद अब १० वर्षको हुने

साउन १६ धनगढी
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को म्याद अब १० वर्षको हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्षको हुने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् । त्यस्तै दफा ५६ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्मको’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्मको’ भन्ने शब्दहरू राखिएका छन् ।

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply