अछाममा बाघको आक्रमणबाट एकजना घाइते

साउन १८ धनगढी
अछाममा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् ।

शनिबार साँझ जिल्लाको ढकारी गाउँपालिका– ४ भिमड घर भइ हाल कैलालीको मोहन्याल गाउँपालिका– १ फलिबिसौना बस्ने अन्दाजी ४८ वर्षीय धर्मसिंह थापा बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार ससुराली घर ढकारी गाउँपालिका– ४ कैलास आएका बखत आफ्नो पुर्खेउली घर हेर्न जाने क्रममा सोही ठाउँको बसन्त सामुदायिक वन बोके खोलामा बाघले आक्रमण गरी घाइते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको र अवस्था अवस्था मध्यम रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply