कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १९ धनगढी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

जसमा सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् । २.०१–२.४० सम्म ल्याउने आठ हजार ९६४, २.४१–२.८० सम्म ल्याउने ६९,८१२, २.८१ देखि ३.२० सम्म ल्याउने ९४,२६८, ३.२१–३.६० सम्म ल्याउने ५५,८९६ विद्यार्थी रहेका छन् । ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ ।

३८.८३ प्रतिशत विद्यार्थी भने ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २१ वैशाखदेखि भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष गत वर्षभन्दा कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले नतिजा जारी भएको जानकारी दिँदै विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए । उनका अनुसार आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply