साउन २१ धनगढी
अविरल वर्षासँगै खसेको पहिरोले आज (२१ साउन) बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका-९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् ।
जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1