साउदी अरेबियाविरूद्ध नेपालको संघर्ष

साउन २३ धनगढी
एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोटमा नेपालले पहिलो जित निकालेको छ।

भुटानको थिम्पूमा भइरहेको छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित निकालेको हो।

अघिल्लो खेलमा नेपाललाई घरेलु टोली भुटानले १-१ गोलको बराबरीमा रोको थियो।

नेपालले शुक्रबार थिम्पूमा साउदीविरूद्ध जित निकाल्न खेलको अन्तिम मिनेटसम्म कुरेको थियो।

९०औं मिनेटमा शुक्रिया मियाले गोल गर्दा नेपालले सम्भावित दोस्रो बराबरी टारेको हो।

यसअघि पहिलो हाफमा नेपालले पेनाल्टीसहित राम्रो अवसर खेल फालेको थियो।

खेलको ३७ मिनेटमा मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लाग्दा नेपालले अग्रता लिन असफल भएको थियो।

जारी छनोटमा साउदीले दोस्रो हार ब्यहोर्‍यो। साउदीलाई पहिलो खेलमा उत्तर कोरियाले १५-० गोलले हराएको थियो।

अब नेपालले अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग खेल्नेछ। उत्तर कोरियालाई हराए नेपालको समूह विजेता बन्ने सम्भवना हुनेछ। तर बलियो उत्तर कोरियाविरूद्ध जित निकाल्नु नेपालका लागि सहज छैन।

समूहको विजेता एएफसी यू-२० महिला च्याम्पियनसिपमा छनोट हुनेछ। आठ समूमध्ये उत्कृष्ट तीन वटा दोस्रो हुने टोली पनि छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply