१३ घण्टापछि खुल्यो जयपृथ्वी राजमार्ग

साउन २९ धनगढी
जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडक खण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply