भदौ २ धनगढी
नेपाल प्रहरीका एआईजीपी कृष्णहरि शर्मा भदौ १५ मा ५६ वर्षे उमेरहदका कारण अवकाशमा जाँदै छन् । त्यसपछि एआईजीपी चन्द्रकुबेर खापुङ निर्विकल्प ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने भएका छन् ।
हालका ३१औँ आईजीपी दीपक थापा भदौ १९ मा ३० वर्षे सेवाहदका कारण अवकाशमा जानेछन् । थापा, वसन्तबहादुर कुँवर र खापुङ एउटै ब्याचका हुन् । यसरी एउटै ब्याचबाट तीन जना आईजीपी बन्ने क्रम कायम हुने छ ।
खापुङको आईजीपी कार्यकाल भने छोटो हुनेछ । उनी पनि कात्तिक २६ मा ३० वर्षे सेवाहदका कारण अवकाशमा जानेछन् । यसरी प्रहरी इतिहासकै सबैभन्दा छोटो कार्यकाल हुने सम्भावना छ ।
हाल खापुङ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । उनी विवादभन्दा टाढा रहँदै संगठनभित्र सामान्य तर प्रभावकारी शैलीमा काम गर्ने अधिकारीका रूपमा चिनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1