आज सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

भदौ ५ धनगढी
सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाइएको जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

आज (बिहीबार) बस्ने प्रदेशसभा बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने तथा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply