बागलुङलाई चिनाउने पुस्तक ‘बादलमुनीको बागलुङ’लोकार्पण

लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनीको बागलुङ’लोकार्पण भएको छ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेको आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।

कार्यक्रममा शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए। पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने,’उद्धमशिलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान व्यक्तिका रुपमा लिन्छु भीमजीलाई।’

उनले पुस्तककाे टिप्पणी गर्दै भने, ‘तत्कालिन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक हो बादलमुनीको बागलुङ।’

कुनै समय बागलुङको चिरपानीकाे भोजमा जाँदा आफू हुर्किएको गाउँ पुगेको अनुभूति सुनाएका शाहले पुस्तक अनेकन विशेषता बोकेको बताए।

‘म जुन किताब पनि किताबलाई सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु। सिनेमा मबाट अलग गरिदिएमा म मनै हुँदिनँ र याे किताब पढ्दा सिनेमा हेरेजत्तिकै भयो।’

बादलमुनीको बागलुङलाई शाहले बागलुङको सेरोफेरोमा मात्रै नभएर सिङ्गो नेपालको दृष्य आँखामा आउन किताबमा रुपमा लिएकाे पनि बताए।

लेखक नयनराज पाण्डेले लेखक भीमलाई च्याप्टर बाई लेख्न सुझाव दिएको स्मरण गर्दै भने, ‘यो किताबबाट म प्रभावित हुनुको कारण आम मान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दोरहेछ।’

अत्यन्तै मसिनो लेखिएको यो पुस्तकको बलियो पक्ष भनेको मौलिकता हो, मिहिन प्रस्तुति हो,’ पाण्डेले भने।

त्यसैगरी अर्की वक्ता लेखक तथा अभियन्ता राधा पौेडलले पुस्तकमाथि टिप्पणी गरेकी थिइन्। ‘कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्नका लागि नयाँ पुस्ताले च्याट चिपिटी होइन यो किताब पढे हुन्छ।’ उनले भनिन्।

उनले थपिन्, ‘पुस्तकले आम मान्छेको अभाव र संघर्षको कथा भन्छ र आम मान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्न पर्छ।’

पौडेलले बादलमुनीको बागलुङ पढ्नेलाई सामाजिक न्याय र समानताका लागि लड्न बल पुर्‍याउने बताइन्।

कार्यक्रमको अध्यक्षता गरेका कवि तथा लेखक एलबी क्षेत्रीले पुस्तक मानवीय संवेदनाले भरिएको बताए।
सामान्य मान्छेको आत्मकथा बन्छ या बन्दैन भन्ने प्रश्नले किताब लेख्न हौसाएको बताए लेखक भीमले पुस्तकको एक प्याराग्राफ पढेका थिए।

भीम लेखकका साथै चलचित्र निर्माता पनि हुन्। ‘बाटोमुनीको फूल-२’ ‘दोख,’ ‘सुनकेशरी’जस्ता फिल्म निर्माण गरेका छन्। अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका भीम ट्राभल व्यवसायी पनि हुन्।

प्रकाशक किताब किरोले प्रकाशन गरेको किताबको मूल्य ७९५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply