भदौ १० धनगढी
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तीजले पारिवारिक प्रेम,सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार हरितालिका तीज २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजले समाजका हरेक क्षेत्रमा महिलाहरुको समान पहुँचलाई अझ सशक्त रुपमा अघि बढाउँदै लैजाने बताए ।
उनले शुभकामना सन्देशमा भनेका छन् ‘सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्व कालदेखि मनाउँदै आइरहेको यस पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पु¥याउने छ ।’
पछिल्लो समयमा यदाकदा देखिएका अनावश्यक तडकभडक, देखासिकी,खर्चालु प्रवृत्ति जस्ता विकृतिलाई निरुत्साहित गर्दै सभ्य तथा समुचित ढङ्गले यो पर्व मनाउदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।
शुभकामना सन्देशमा भनिएको छ, ‘हरितालिका तीज २०८२ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं सौभाग्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’