काठमाडौँ — अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा ६१० जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार १३०० भन्दा बढी घाइते भएका छन्।
भूकम्पको केन्द्र नान्गारहार र कुनार प्रान्त रहेको र ८ किलोमिटर गहिराइमा धक्का गएको जनाइएको छ। त्यसपछि ४.५ देखि ५.२ म्याग्निच्युडका परकम्प समेत आएका थिए।
धेरै क्षति कुनार प्रान्तमा भएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्य कठिन भएको छ। तालिबान प्रशासनले सीमित स्रोतका कारण अन्तर्राष्ट्रिय सहयोग मागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1