नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समूहले लियो अग्रता

भदौ १६ धनगढी
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १२‍.०३ अंकले बढेर २७६१ मा आइपुगेको हो।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब १० करोड रूपैयाँ पुगेको छ।

कारोबारमा आएका ‘अन्य’ र व्यापारमूलकबाहेक सबै समूहगत परिसूचक बढेका छन्। ‘अन्य’ र व्यापारमुलक समूहको परिसूचक क्रमशः ०.०३ र ०.८५ प्रतिशतले घटेका छन्।

वाणिज्य बैंकहरूको समूहमा सबैभन्दा धेरैले सुधार भएको छ। यो समूहमा १.५० प्रतिशतले वृद्धि भएको छ। एभरेष्ट बैंक र कुमारी बैंक यसदिन धेरै कारोबार हुने पाँच कम्पनी भित्र परेका छन्। यी बैंकको क्रमशः २४ करोड र १७ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन तीन सय २६ वटा लगानी उपकरणको कारोबार भएकोमा एक सय ७९ वटाको मूल्य बढ्यो, एक सय ३४ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।

पहिलो कारोबारमा आएको हिम स्टार उर्जाको सेयर मूल्य सबेभन्दा धेरै ६.०७ प्रतिशतले बढेर २६७ रूपैयाँमा कारोबार भयो।

यस दिन सबेभन्दा धेरै रकमको कारोबार हुनेमा नेपाल पुनर्बीमा, एभरेष्ट बैंक र हिमालयन रि इन्सुरेन्स रहे। यी कम्पनीको २१ देखि २८ करोड रूपैयाँसम्म सेयर किनबेच भयो।

यसदिन उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७।६८ प्रतिशतले घटेर २२१२ रूपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply