भदौ १७ धनगढी
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुध किसानहरूको रकम समयमै भुक्तानी नगरेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा किसानका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले समयमै उत्पादन मूल्य उपलब्ध गराउन माग गरेका छन् ।
‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन। यसैका कारण किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो’ उनले लेखेका छन् ‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’