भदौ १९ धनगढी
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो ब्यहोराको पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाउने निर्णय गरेको हो । अहिले मन्त्रालयले २६ वटा सामाजिक सञ्जालमा प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको बताइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्याल मन्त्रालयबाट पत्र पठाइएको जानकारी भएको भन्दै प्राप्त भएपछि बन्द गर्ने बताए ।
उनका अनुसार यस्ता साइटहरू बन्द गर्ने प्रक्रिया इन्टरनेट सेवा प्रदायकमार्फत हुन्छ । प्राधिकरणले सम्बन्धित सामाजिक सञ्जालको आईपी ठेगाना वा डीएनएस नम्बर दिएर सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिने उनले बताए ।
‘हामीले सेवा प्रदायकमार्फत बन्द गर्ने हो, निर्देशन प्राप्त भएपछि हामी सबैलाई सर्कुलर गर्छौँ,’ उनले भने, ‘प्राधिकरणले दिएको निर्देशन सेवा प्रदायकले तत्काल पालना गर्नुपर्ने व्यवस्था छ । यो त झनै सरकारकै निर्णय भयो, उहाँहरूले ढिला गर्नु भएन ।’