केही घन्टामै शरीरमा देखिन थाल्छ चिनी खान छोड्नुको असर

भदौ २३ धनगढी
हामीले ग्लुटेन (गहुँ, जौजस्ता अन्नबालीमा पाइने विशेष प्रकारको प्रोटिन समूह) वा रक्सी खान छाडेपछि शरीरमा त्यसको असर देखिन केही समय लाग्छ । यसको प्रभाव सुस्त गतिमा मात्रै देखिन्छ अनि व्यक्तिअनुसार यो फरक हुन सक्ने विज्ञहरू बताउँछन् ।

तर हामीले चिनी खान छाड्दा केही घन्टामै शरीरमा यसको प्रभाव देखिन थाल्छ । नेसनल जियोग्राफिकमा प्रकाशित एउटा रिपोर्टअनुसार हार्वर्ड मेडिकल स्कुलका पोषण र मेटाबोलिक स्वास्थ्य विशेषज्ञहरू प्रो. डेभिड लुडविग, प्रो एलेसियो फासानो, डा. केभिन हल, डाइट कम्पोजिसन विभागका प्रमुख प्रो. डेभिड नट र इम्पेरियल कलेज लन्डनका स्थापित निष्कर्षहरूले यसलाई पुष्टि गरेका छन् ।

उक्त अध्ययनले चिनी खान छाड्दा ७२ घण्टामै यसको प्रभाव देखिन थाल्ने बताइएको छ । अनुसन्धानका क्रममा आहार परिवर्तन गरेको ४८ देखि ७२ घण्टाभित्र रगतमा चिनीको मात्रा बढी स्थिर भएको पाइएको प्रो. लुडविगकाले बताए ।

यस समयमा, ऊर्जा र मानसिक स्पष्टता अझ राम्रो महसुस हुने र शरीरमा सुन्निएको घट्न थालेको सङ्केतहरू मिल्न थाल्ने उनको भनाइ थियो । दीर्घकालनमा यसले मोटोपना, टाइप–२ मधुमेह र हृदय रोगको जोखिम कम गरेको पाइयो ।

ग्लुटेनले आन्द्रामा क्षति पुर्‍याउँछ
अर्थात् पहिलो कदम नै चिनी छाड्नुपर्ने अधिकांश विज्ञहरूको सल्लाह छ । ग्लाइसेमिक स्पाइक घट्दै जाँदा, मेटाबोलिज्म स्थिर हुन्छ र ऊर्जा दिगो देखिन्छ । क्लिनिक रूपमा सेलिआक संवेदनशीलता पुष्टि भएपछि मात्रै ग्लुटेन त्याग्नु फाइदाजनक हुने उनले बताए । सेलिआक संवेदनशीलता भनेको शरीरले ग्लुटेन पचाउन नसक्ने अनि उल्टै शरीरको प्रतिरक्षामा आक्रमण गर्ने अवस्था हो । यसले आन्द्रामा क्षति पुर्‍याउँछ र पोषक तत्त्व अवशोषणमा अवरोध उत्पन्न गर्छ ।

रक्सी खान छाड्नुको प्रभाव क्रमिक रूपमा देखिन्छ । तर यसो गर्नुका कैयौँ दीर्घकालीन लाभ छन् । मानसिक स्पष्टता, कलेजोको स्वास्थ्यमा सुधार, हार्माेनल सन्तुलनजस्ता यसका फाइदाहरू गहिरो र स्थायी हुन्छन् । अनुसन्धानकर्ताहरूका अनुसार मेटाबोलिजम घटेका, बारम्बार सुगर क्रयास भएका वा दीर्घकालीन थकान महसुस भइरहने व्यक्तिहरूले चिनीको सेवन घटाउँदा वा बन्द गर्दा स्पष्ट फाइदाहरू देखिन्छन् ।

प्रभावको वैज्ञानिक आधार
चिनी छोड्दाको सबैभन्दा पहिलो असर रगतमा चिनी र इन्सुलिनको स्तरमा देखिन्छ । त्यसैले यी परिवर्तन २–३ दिनभित्र महसुस हुन थाल्छ । रक्सीलाई कलेजोले प्रशोधन गर्ने भएकोले यो खान छाडेपछि शरीरलाई मर्मत गर्न र सन्तुलन बनाउन हप्तादेखि महिना लाग्ने भएको यसको प्रभाव ढिलो गरेर देखिन्छ । ग्लुटेनको सेवन छाड्नुको प्रभाव चाहिँ सेलिआक रोग वा ग्लुटेन संवेदनशीलता भएकाहरूमा मात्रै छिट्टै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply