अपडेट : जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु

भदौ २३ धनगढी
जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

सिभिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राईसहित ३ जना छन् ।

ट्रमा सेन्टरमा उपचाररत ६ जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।

भ्रष्टाचारको विरुद्धमा सोमबार जेनजी पुस्ताले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १२३ जना घाइते भएका छन् । घाइतेहरूमध्ये १७ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकाश देवकोटाले रातोपाटीलाई बताए । उनले भने– ‘सिभिलमा उपचाररत १७ जनाको अवस्था गम्भीर छ ।’

ट्रमा सेन्टरमा ५० जना घाइतेहरूको उपचार हुँदैछ । एभरेस्ट हस्पिटल, पाटन, भेनस र बयोधामा घाइतेहरूको उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply