प्रदर्शनपछि आज वार्तामा बस्दै जेनजी प्रतिनिधि

भाद्र २५, बुधबार ०६:२८
जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो ।

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए ।

उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply