सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले गर्‍यो स्वागत

भदौ २८

भारतले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।

राष्ट्रपतिबाट शपथग्रहण सकिएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो।

यसले नेपालको शान्ति र स्थिरता कायम गर्न मद्दत गर्नेछ भन्नेमा आफूहरू आशावादी रहेको भारतले जनाएको छ।

‘नजिकको छिमेकी, लोकतान्त्रिक साझेदार तथा दीर्घकालीन विकास साझेदारका हैसियतले भारत नेपालसँग दुवै देश र जनताको हित तथा समृद्धिका लागि नजिकबाट सहकार्य गर्न निरन्तर तयार रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply