कैलालीमा कर्फ्यु हट्यो, निश्चित स्थानमा तोकियो निषेधाज्ञा

भाद्र २८
जिल्ला प्रशासन कार्यालय कैलाली जिल्लाभर जारी गरेको कर्फ्यु हटेको छ । भदौ २६ गते प्रशासनले अनिश्चित कालका लागि रातीको समयमा जारी गरेको कर्फ्यु हटेको हो ।

प्रशासनले यसअघि जिल्लाभर जारी गरेको निषेधाज्ञामा पनि परिवर्तन गरिएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्वारा जारी निषेधाज्ञा जारी हुने निश्चित स्थान तोकिएको छ ।

जसअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकायका कार्यालयहरू तथा परिसरहरू र अत्यावश्यक वस्तु, सेवा आपूर्तिका स्थलहरू, मठ मन्दिरहरू तथा मुख्य बजार केन्द्रहरू हरेका छन् ।

निषेधाज्ञा जारी गरिएको स्थानमा कुनै प्रकारको हुलदङ्गा, अशान्ति हुने गरी साना हतियार घरेलु हतियार लाठी जस्ता सामाग्रीहरू लिई विरोध र -याली सभा तथा जुलुसमा सहभागी हुन नपाउने शर्त तोकिएको छ । यस्तै कुनै पनि व्यक्तिको घर, राजनैतिक दलका पार्टी कार्यालयहरूलाई क्षति वा असर पुग्ने प्रकृतिका आन्दोलन वा गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवात जावतलाई अवरोध नगर्ने र जुलुस तथा सभामा कलिला बालबालिकाहरूको प्रयोग नगर्ने नगराउने सर्त जारी निषेधाज्ञामा राखिएको छ । कैलालीमा कर्फ्यु हटेसँगै बजार क्षेत्रमा गस्ती गरिरहेको सेना पनि हटेको छ ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको परिस्थितिलाई मध्यनजर गरी भदौ २४ गते कैलालीमा अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको थियो ।

भदौ २६ गते ३ बजेदेखि भदौ २४ को आदेशलाई परिमार्जन गरेर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो भने बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा र कार्यको लागि आवत– जावत (हिँडडुल) गर्न सकिने समय तोकिएको थियो ।

यसबिच नेपाली सेनाले पनि माघ २५ गते बेलुकी ५ बजे सम्म देश भरी लागू हुने गरी निषेधाज्ञा र सोही दिन ५ बजे देखि माघ २६ गते बिहान ६ बजे सम्म लागू हुने गरी कफ्र्यू आदेश जारी गरेको थियो । सेनाले त्यसपछि सम्बन्धित जिल्लाको अवस्था अनुसार प्रशासनबाट कफ्र्यू निषेधाज्ञा जारी हुने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply