कर्मचारीले दसैँ अगाडि पाउने भए तलब–भत्ता, सरकारको भुक्तानी प्रणाली सुचारु

भदौ २९ धनगढी
जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु भएको हो ।

उनले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको जानकारी दिए । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ ।

मन्त्रालयका प्रवक्ता पाण्डेयले भने, ‘असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमशः गर्छ ।’

उनका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ । आन्दोलनबाट क्षति भएका राजश्व कार्यालयहरू मध्ये धेरैजसो भन्सार कार्यालयहरू सञ्चालनमा आएको बताए ।

पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य सबै कार्यालयहरू सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयको भनाई छ । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply