नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला/बालबालिकाको अपहरण

भदौ २९ धनगढी
नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरी १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् ।

‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा संलग्न हिंसात्मक समूहले गत शुक्रबार बिहान करिब ५ बजेको समयमा बिरनिन जरमा गाउँमा आक्रमण गरेका थिए । उक्त समय गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा थिए ।

गाउँका एक बासिन्दा इब्राहिम बेलोका अनुसार आक्रमणकारीहरूले एक घरमा पसेर एक किसान, गार्बा गाम्बोलाई गोली हानी हत्या गरे र उनकी श्रीमतीलाई घाइते बनाए । त्यसपछि उनीहरूले १८ जना महिला र बालबालिकालाई जबर्जस्ती गाउँबाट लगे ।

छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएका र उनीहरूले नजिकैको जङ्गलमा आफ्नो शिविर बनाएको जनाएका छन् । बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न नसक्दा महिला र बालबालिका अपहरणमा परेको बताइएको छ ।

गाउँ राजधानी गुसाउबाट झन्डै १७० किलोमिटर टाढा रहेको छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् ।

जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बार आक्रमणको सिकार बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply