उज्यालोका नायक बने मन्त्री

काठमाडौं – लोडसेडिङ हटाएर नेपाललाई उज्यालो बनाएका कुलमान घिसिङ अब उर्जा मन्त्री बनेर सिंहदरबार पुगेका छन्। ऊर्जा क्षेत्रको इतिहासमा “उज्यालोका नायक”को रूपमा चिनिने कुलमानले यस पटक नीति–निर्देशनको सर्वोच्च जिम्मेवारी सम्हालेका छन्।

उनी जब नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक थिए, तब दुई–दुई पटक संस्था नेतृत्व गर्दै देशलाई अन्धकारबाट मुक्त गराएका थिए। आज भने, प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यसँग भए पनि कुलमान अब मन्त्रीको रूपमा नीतिगत स्तरमा सबै निर्णयमा प्रभावकारी भूमिका निभाउने छन्।

विश्लेषकहरूले भन्छन्—“कुलमान र हितेन्द्रबीच तालमेल मिल्यो भने नेपाल ऊर्जा क्षेत्रमा फेरि ठूलो छलाङ मार्नेछ।” जनता भने उत्साहित छन् र अपेक्षा गर्छन्—उज्यालोका नायक अब नीति र रणनीतिमा नयाँ उज्यालो ल्याउनेछन्।

आजको संयोग कतिपयले भाग्यको खेल भनेका छन्, कतिपयले सुनौलो अवसर। तर एक कुरा स्पष्ट छ—कुलमानको नेतृत्वमा नेपाल अब ऊर्जा क्षेत्रमा नयाँ अध्याय लेख्ने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply