भदौ ३० धनगढी
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल,ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबारका तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।