खोटाङमा २७ वर्षीया महिलामाथि सामूहिक बलात्कारपछि हत्या, एक जना पक्राउ

असोज २ धनगढी

खोटाङ, भदौ २८ — खोटाङ जिल्लाको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियार सोमबार साँझ सामूहिक बलात्कारपछि हत्या भएकी छिन्। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार, प्रारम्भिक अनुसन्धानमा रेस्मिकामाथि ५–६ जनाको समूहले हमला गरेको खुलेको छ। उनी सहकारीको काम सकेर घर फर्किंदै गर्दा बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरिएको जानकारी प्रहरीले दिएको छ।

पक्राउ परेका स्थानीय युवक दिपक सार्कीले प्रहरीसमक्ष अन्य संलग्न व्यक्तिहरूको नाम खुलाएका छन्। डिएसपी बुढाथोकीका अनुसार बाँकी अभियुक्तहरूको खोजी कार्य जारी छ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि विशेष टोली परिचालन गरेको छ। यस जघन्य अपराधले स्थानीयवासीमा आक्रोश र त्रास फैलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply