संविधानले देशलाई संघीयता, समावेशिता र समानताको मार्गमा अघि बढाएको छ : मुख्यमन्त्री शाह

असोज ०३ धनगढी
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुृर शाहले संविधानले देशलाई संघीयता, समावेशिता र समानताको मार्गमा अघि बढाएको बताएका छन् । आज संविधान दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त संविधानले जनताको अधिकार सुनिश्चित गरेको छ । यो ऐतिहासिक दस्तावेजलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता छ ।तर, अझै कार्यान्वयनका पक्षमा धेरै गर्न बाँकी छ ।’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले संवैधानिक मूल्य, शान्ति, सुशासन र समृद्धिको पक्षमा दृढ प्रतिबद्धता जनाए । उनले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।

उनले भने, ‘हाम्रो समाजको युवा पुस्तामा परिवर्तनप्रतिको चाहना स्पष्ट देखिएको छ। भ्रष्टाचारमुक्त शासन, समान अवसर र जवाफदेहिता उनीहरूको माग हो जुन हाम्रो संविधानको मूल मर्मसँग मेल खान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply