जेनजी प्रदर्शन : सुदूरपश्चिममा माओवादीका कार्यालयमा ६० लाखको क्षति

असोज ४

जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा ६० लाख बरावरको क्षति भएको छ ।
प्रदेशका विभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा भएकोे आगजनी तथा तोडफोडबाट उक्त क्षति भएको हो ।

कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा फर्निचर,कम्प्युटर र दस्तावेज लगायत कार्यालय सामाग्री बाहिर ल्याएर आगजनी गरेको र १० लाख बराबरको क्षति भएको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै,गोदावरी नगर कमिटीको कार्यालय भवन आगजनी गरि सम्पूर्ण नष्ट,टीकापुर नगर कमिटीको कार्यालय तोडफोड र आगजनी गरि नष्ट र लम्कीचुहा नगर कमिटीको भवन रहेको गणतान्त्रिक प्रतिष्ठान नेपालको भवन तोडफोड गरि नष्ट गरेको तथा २१ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

कञ्चनपुर जिल्ला पार्टी कार्यालय भवनमा आगजनी गरि नष्ट गरेको र पार्टी कार्यालयको फर्निचर,कम्प्युटर,दस्तावेज लगायत कार्यालय सामाग्री सम्पूर्ण रूपले नष्ट भएको तथा ११ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको जिल्ला पार्टी कार्यालय भवन तोडफोड गरि नष्ट,५ वटा झ्याल, २ ढोका, २० थान फुर्सी, २ वटा टेबुल, २ वटा सोफा, साइन बोर्ड, झण्डा, छाप, लेटरप्याड,सहीदका फोटोहरू लगायत सम्पूर्ण कागजात नष्ट गरेको र ५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै,डडेल्धुरा जिल्ला पार्टी कार्यालय तोडफोड गरि नष्ट गरेको तथा १३ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

सो कार्यालयमा रहेका १ थान कम्प्युटर,१ थान ल्यापटप, १ थान दराज, २ थान टेबल, ६ थान बेन्च, १ थान कम्प्युटर चियर,१ थान रिभल्बिङ चियर, १ थान कम्प्युटर टेबल, १ थान इन्भरटर ब्याट्री सहित,सम्पूर्ण दस्तावेज, कार्यालय सचिवको शैक्षिक प्रमाणपत्रहरू, रेडियो स्टेशनका ४ लाख बराबरको सामाग्रीहरू, २ थान अक्सिजन कन्सन्ट्रेटर तथा पार्टी कार्यालयका सामाग्रीहरू जलाएर नष्ट गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply