काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै आज दुई नयाँ सदस्यलाई समावेश गर्न लागेको छ। पत्रकार जगदीश खरेल र आविष्कारक महावीर पुनलाई आजै मन्त्री पदको शपथ ग्रहण गराइने भएको हो।
प्रधानमन्त्री कार्कीको पहलमा सञ्चार क्षेत्र र विज्ञान–नवप्रवर्तन क्षेत्रलाई सशक्त बनाउन दुवैलाई मन्त्रिपरिषद्मा ल्याइएको हो। खरेललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ भने पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व दिने चर्चा छ।
पत्रकारिताबाट समाजको पक्षमा लामो समय आवाज उठाउँदै आएका खरेल र नवप्रवर्तन अभियन्ताका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित पुनको मन्त्रिपरिषद् प्रवेशले सरकारलाई थप ऊर्जा दिने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1