असोज ६ धनगढी
सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1