१९ भारतीयसहित ३४९ जना कैदीबन्दी अझै बाहिर

असोज ८ धनगढी
कैलाली कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारगारबाट भागेका कैदीबन्दीहरु फर्किन थालेका हुन् ।

कैलाली कारागार प्रशासनका अनुसार भागेकामध्ये ३ सय ४९ जना कैदीबन्दी अझै फर्किएका छैनन् । नफर्किका मध्ये १९ जना भारतीय नागरिक रहेको जनाइएको छ ।

मंगलबार साँझसम्म ३४ महिलासहित ३ सय १६ जना कारागार फर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
फर्र्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएको बताउँदै उनले केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको बताए ।

उनले भने ‘हामीले कैदीबन्दीलाई कारागार फर्कन सूचना पनि जारी गरेका छौँ । आउने क्रम जारी छ । सबैजना छिट्टै फर्किन्छन् भन्ने विश्वास छ ।’ प्रहरीले पनि खोजीकार्य गरिरहेको उनले बताए ।

कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए । जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेको जनाइएको छ । एक जना उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना भने कारागारमै बसेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply