दुई लाख बढीको भन्सार छलीका सामान बरामद

बिहिबार, असोज ९ धनगढी ।
कञ्चनपुरमा दुई लाख ७४ हजार चार सय बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

बुधबार जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क, गोबरीया र वडा नं.–७ हल्दुखाल क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरिएका सामान बरामद गरेको छ।
सो मूल्यका विभिन्न किसिमका कपडा, किराना सामान र १ थान मोटरसाइकल समेत रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply