असोज ९ धनगढी
यसपालीको बडादशैमा नेपालराष्ट्र बैंकले नयाँ नोट उपलब्ध नगराउने भएको छ । नयाँ नोटका कारण बर्षेनी अरर्वौ रुपैयाँ नष्ट हुन थालेपछि यसपालीको दशैंमा राष्ट्र बैंकले नयाँ नोट उपलव्ध नगराउने भएको हो ।
हरेक बर्ष नयाँ नोट सटहीका कारण ५० प्रतिशत रकम खराब हुनाले यो बर्ष नयाँ नोट उपलब्ध नगराउने निर्णय भएको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक केशब बहादुर केसीले निशाना न्युजलाई जानकारी दिए ।
नयाँ नोट वाड्ने जनशतिm धेरै लाग्नुले पनि नोट सटही बन्द गरिएको उनको भनाई छ । क, ख, र ग, वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तिय संस्था शाखा कार्यालयहरुबाट सर्वसाधारण लगायत विभिन्न संघसंस्थालाई सुकिला नोट मात्र उपलब्ध गराउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथली काठमाडौले सुचना जारी गर्दै यही २०८२ भाद्र २९ गते देखि असोज १० गते सम्म विराटनगर, जनकपुर,वीरगञ्ज,पोखरा,सिद्धार्थनगर,नेपालगञ्ज र धनगढी र क,ख, र ग, वर्गका इजाजतप्राप्त बैक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सुकिला नोट वितरणको व्यवस्था मिलाइएको छ ।