इलाममा अविरल वर्षाका कारण पहिरो, १८ जनाको मृत्यु

इलाम, असोज १९ – अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भएको छ। हिजो र आज बिहानसम्ममा विभिन्न पालिकाहरूमा पहिरो गएर ठूलो जनधनको क्षति भएको हो।

कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते भएकी एक गर्भवती महिलालाई उद्दार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ। माङसेबुङ गाउँपालिकाकी सो गर्भवतीलाई उद्दारका लागि क्याटेन भुपेन्द्र शाहीको नेतृत्वमा टोली हेलिकोप्टरसहित त्यसतर्फ प्रस्थान गरेको जनाइएको छ।

प्रहरीका अनुसार इलाम सूर्योदय नगरपालिकामा पाँच जनाको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिकाको पाटीगाउँमा तीन, देउमाई नगरपालिका–५ धारेमा एक, सोही वडाको धुसुनेमा दुई, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा एक र इलाम नगरपालिका–५ घोसगाउँमा छै जनाको मृत्यु भएको पुष्टि भएको छ।

अविरल वर्षासँगै इलामका अधिकांश सडक अवरुद्ध भएका छन् भने स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply